चीनका उपविदेशमन्त्री सुन वेइतोङले गरे राष्ट्रपतिसँग भेट
भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैं नेपालको विकास प्रयासमा योगदान पुर्याएको बताएका छन्।
काठमाडौं, असार १२ : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन्।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई पक्षीय हित, आपसी सहयोग र सम्बन्धका विविध पक्षमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैं नेपालको विकास प्रयासमा योगदान पुर्याएको बताएका छन्।
पौडेलले सुनसँग नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास समेत व्यक्त गरे।
भेटमा नेपाल र चीनबीच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिकोलगायतले दुई देशबीचको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदान प्रदानलाई समृद्ध बनाउन ठूलो योगदान गरेको पौडेलले बताए।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)