Kathmandu Press

लागु औषध दुर्व्यसनीको समस्यालाई राजनीतिक दलको मुद्दा बनाऔं : मन्त्री श्रेष्ठ

‘मधेश, कर्णाली, सुदूरपश्चिम प्रदेश जाँदा बोर्डर क्षेत्रमा लागु औषधको समस्या भन्ठानेको थिएँ, जुम्लामा समेत लागूऔषधको यस्तो विकराल समस्या भइसकेको रहेछ। यो राष्ट्रिय रोग हो। यस्ता बेथिति हाम्रा मुद्दाहरु हुन सबै एक भएर लड्नुपर्छ,’ उनले भने।
लागु औषध दुर्व्यसनीको समस्यालाई राजनीतिक दलको मुद्दा बनाऔं : मन्त्री श्रेष्ठ

काठमाडौं, असार १२ : युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले लागु औषध दुव्र्यसनीको समस्या राष्ट्रिय बेथिति भएकाले सबै राजनीतिक दलले मिलेर दुव्र्यसनिको विषयलाई राजनीतिक मुद्दा बनाएर कार्य गर्नुपर्ने बताएका छन्।

बुधबार बिहान काठमाडौंमा लागु औषध दूरुपयोग तथा अवैध ओसार– पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस पारेर गृहमन्त्रालयले आयोजना गरेको मूल समारोह कार्यक्रमा मन्त्री श्रेष्ठले लागु औषध दुर्व्यसनीको समस्या देशैभर फैलिएको उल्लेख गर्दै यसलाई सबै राजनितक दलले आफ्नो जिम्मेवारी सम्झिएर मुद्दा बनाउनुपर्ने बताए।

‘मधेश, कर्णाली, सुदूरपश्चिम प्रदेश जाँदा बोर्डर क्षेत्रमा लागु औषधको समस्या भन्ठानेको थिएँ, जुम्लामा समेत लागूऔषधको यस्तो विकराल समस्या भइसकेको रहेछ। यो राष्ट्रिय रोग हो। यस्ता बेथिति हाम्रा मुद्दाहरु हुन सबै एक भएर लड्नुपर्छ,’ उनले भने।

Hardik ivf

यस्तै उनले यो मुद्दामा सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिए। मन्त्री श्रेष्ठले प्रतिपक्षी दललाई समेत दुव्र्यसनिको विषयलाई राजनीतिक मुद्दा बनाउन आग्रह गरे।

‘म प्रमुख प्रतिपक्षलाई के अनुरोध गर्छु भने यस्तो विषय चाहिँ साँच्चिकै हाम्रो राजनितक विषय बनोस् भन्न चाहान्छु,’ उनले भने।

लागूपदार्थको दुर्व्यसनीबाट युवालाई मुक्त गराउन सामाजिक चेतनाको कुरा पेचिलो बनेको उल्लेख गर्दै श्रेष्ठले तीन चरणमा दुर्व्यसनीविरुद्ध काम गर्नुपर्नेमा जोड दिएका छन्। लागू औषध दुर्व्यसनी पूर्वको चरण, दुर्व्यसनीको चरण र दुर्व्यसनीमा फसिसकेपछिको चरण गरी तीन चरणमा कार्य गरी समाजबाट दुर्व्यसनी निर्मुल पार्न लाग्नुपर्नेमा जोड दिए।

उनले कुनै पनि देशलाई कमजोर बनाउनु पर्छ भने त्यो देशको युवा शक्तिलाई लागु औषधको दुव्र्यसनिमा लगाइदिनुपर्छ भन्ने उक्तिको स्मरण गराउँदै युवा तथा बालबालिकालाई दुर्व्यसनी वा कुलतमा फस्नबाट जोगिन आग्रह गरे।

‘लागु औषध दुरुपयोग विरुद्ध लडौँ : रोकथाममा जोड दिऔंँ’ भन्ने मूल नारासहित आज विषेश कार्यक्रमको आयोजना गरी मनाइएको दिवस साताव्यापी सञ्चालन हुँदैछ ।

 

प्रकाशित मिति: ११:११ बजे, बुधबार, असार १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्