खानीखोलामा सडक उद्घाटन
च्याम्राङवेसी हुँदै खजुली वेसी, पाक्दोल,देउपाल सडक २०७० देखि निरन्तर प्रयत्न र लक्ष्यमा रहेको यो सडक १० बर्ष पछि ट्रयाक खुल्न सफलसंगै खानिखोलाका जनसमुदायलाई धुलिखेल सदरमुकाम पुग्नका निम्ति करिब १ घण्टा अन्य बाटो भन्दा छिटो हुने अवस्था सिर्जना भएको छ।काभ्रे, असार ११ : जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित काभ्रेको कर्णाली भनेर चिनिने खानिखोला गाउँपालिकाको वडा नं. ७ मा सडक ट्रयाक खोलिएसँगै सडक उद्घाटन भएको छ।
सुकुमफेदी, पाक्दोल, देउपाल, महांकाल, तालढुङ्गा, सडक उद्घाटन कार्यक्रमका पालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) को प्रमुख अतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।
च्याम्राङवेसी हुँदै खजुली वेसी, पाक्दोल,देउपाल सडक २०७० देखि निरन्तर प्रयत्न र लक्ष्यमा रहेको यो सडक १० बर्ष पछि ट्रयाक खुल्न सफलसंगै खानिखोलाका जनसमुदायलाई धुलिखेल सदरमुकाम पुग्नका निम्ति करिब १ घण्टा अन्य बाटो भन्दा छिटो हुने अवस्था सिर्जना भएको छ।
सडक उद्घाटन पछि आयोजित कार्यक्रम सम्बोधन गर्नुहुँदै समृद्धि, विकास र सुशासनका लागि ठूलो ऐतिहासिक अवसर आएको बताए। जनताले निर्वाचन मार्फत विश्वास गरेका छन् । सरकारले विकास र सुशासनमा केन्द्रीत हुने संकल्प लिएको बताए।
जनताले विश्वास गरि जिताएर पठाए पश्चात् विकास र सुशासन ऐतिहासिक अवसरलाई उपयोग गरेर समृद्धितर्फ जाने सरकारको मुख्य संकल्प रहेको छ।लामो समयको प्रयत्नले करिब १० बर्षमा बाटो ट्रयाक ओपन भएकोमा स्थानीयवासीलाई धन्यवाद दिए।
यस सडकको निम्ति जिल्ला बिकास समिति भए देखि निरन्तर प्रयत्न संघीय सरकार , प्रदेश सरकार, गाउँपालिका सरकारले ३ वर्ष देखि निरन्तर प्रयाससँगै यो ट्रयाक खोल्नका लागि प्रदेश सरकार मार्फत आर्थिक बर्ष ०७९÷०८० मा २५ लाख सहयोगमा केही भाग खुलेको थियो। गत वर्ष ट्रयाक खोल्न चालू आर्थिक वर्षमा ४८ लाख बजेट बिनियोजित गरि ट्रयाक खोल्न सफल भएको थिङ्ले जानकारी दिए।
यस सडकलाई अझ व्यवस्थित बनाउन खानिखोला सरकारको निरन्तर माग संघीय सरकार मार्फत आर्थिक बर्ष ०८१/०८२ को लागि संघीय सरकारले यसै सुकुमफेदी , पाक्दोल, देउपाल, महांकाल, तालढुंगा सडकको लागि १ करोड रुपैयाँ पार्न सफल भएकोमा अध्यक्षले खुसी व्यक्त गरे।
कार्यक्रमका पालिका उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत जीवन गैर, प्राविधिक शाखा प्रमुख इन्जिनियर जीवन अर्याल , पुर्वधार बिकास संयोजक वडा नं. ५ का अध्यक्ष बुद्धिबहादुर स्याङ्तान, बिपत्त व्यवस्थापन संयोजक तथा ७ नम्बर अध्यक्ष राम बहादुर मोक्तान, १ नम्बर वडा अध्यक्ष सन्चमान थिङ,युवा नेता व्यवसाय सुवर्ण थिङ, समाजसेवी युवा नेता राजन अधिकारी, वडा सदस्य रोहन रुम्बा लामा, युवा नेता वीर बहादुर घिसिङ, उपभोक्ता समिती अध्यक्ष नेमार मोक्तान, समितिका सम्पुर्ण पदाधिकारीहरु लगाएत स्थानीयहरू बुद्धिजीवी, युवाहरुको उपस्थिति थियो।