Kathmandu Press

‘रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न निरन्तर कुराकानी भइरहेको छ’

‘नेपालीको स्वदेश फिर्ताका लागि मैले रुसका उपविदेशमन्त्रीसँगको भेटका क्रममा कुराकानी गरेँ,’ उनले भने, यसअघि पनि रुसका विदेशमन्त्रीसँग टेलिफोन वार्तामार्फत कुराकानी भएको थियो। मन्त्रालयका तर्फबाट त्यहाँका दूतावाससँग लगातार कुरा भइरहेको छ।’
‘रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न निरन्तर कुराकानी भइरहेको छ’

काठमाडौं, असार ११ : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्न रुसी सरकारसँग निरन्तर कुराकानी भइरहेको बताएका छन्।

इरानबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले रुसको विदेश मन्त्रालय र सम्बन्धित निकायसँग नेपालीलाई फिर्ताका लागि निरन्तर पहल भइरहेको बताए।

Hardik ivf

उपप्रधानमन्त्री श्रेष्ठले रुसको उपविदेशमन्त्रीसँगको भेटमा पनि आफूले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ताका लागि विशेष चासोका साथ कुराकानी गरेको जानकारी दिए।

‘नेपालीको स्वदेश फिर्ताका लागि मैले रुसका उपविदेशमन्त्रीसँगको भेटका क्रममा कुराकानी गरेँ,’ उनले भने, यसअघि पनि रुसका विदेशमन्त्रीसँग टेलिफोन वार्तामार्फत कुराकानी भएको थियो। मन्त्रालयका तर्फबाट त्यहाँका दूतावाससँग लगातार कुरा भइरहेको छ।’

उपप्रधानमन्त्री श्रेष्ठले मस्कोस्थित नेपाली राजदूताबासबाट रुसको विदेश मन्त्रालय र अन्य सम्बन्धित निकायसँग समन्वय गरी रुस सरकारसँग कुरा हुँदा कतिपय नेपाली अफ्ठ्यारो स्थितिमा रहेको पाइएको बताए।

उनले रुसी सेनामा क्रियाशील नेपालीको वास्तविक संख्या र अवस्थाबारे बुझ्न विभिन्न माध्यमबाट पहल भइरहेको जानकारी दिए।

‘रुसले नेपालीलाई युक्रेनसँगको युद्धमा समेत पठाएको जानकारी आएपछि हामी त्यहाँको सरकारसँग लगातार वार्ता गरिरहेका छौं। यससन्दर्भमा  पहिले पनि त्यहाँका विदेशमन्त्री र दुवै देशका राजदूतावासमार्फत पहल गरिएको छ,’ उनले भने, ‘पहिलो कुरा त रुसी सेनामा कति नेपाली छन् र उनीहरुको अवस्था कस्तो छ त्यसको जानकारी चाहियो भनेका छौं।’

रुसी सेनामा रहँदा ज्यान गुमाएका नेपालीलाई अन्तिम संस्कारका लागि  नेपाल पठाउन आग्रह गरिएको र ज्यान गुमाएका पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेको शीघ्र उपचार र उचित क्षतिपूर्ति उपलब्ध गराउन कुराकानी गरिएको पनि उनले बताए।

प्रकाशित मिति: २०:५४ बजे, मंगलबार, असार ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्