Kathmandu Press

स्वदेश फर्किए परराष्ट्रमन्त्री श्रेष्ठ

इरानको तेहरानमा सोमबार सम्पन्न बैठकमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका मन्त्री श्रेष्ठ स्वदेश फर्किएका हुन्।
स्वदेश फर्किए परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं, असार ११ : उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिई स्वदेश फिर्ता भएका छन्।

इरानको तेहरानमा सोमबार सम्पन्न बैठकमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका मन्त्री श्रेष्ठ स्वदेश फर्किएका हुन्।

Hardik ivf

बुधबार स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री श्रेष्ठले छलफलमा बहुपक्षीय एवं कुटनीतिमार्फत नेपालको राष्ट्रिय हित, नीति एवं नेपालको विदेश नीति अनुरुप नेपालमा रहेका सम्पदाको संरक्षण र संवद्र्धनका निम्ति एसिया स्वायत्त राष्ट्रको ध्याकर्षण गरेको बताए।

त्यस्तै, आगामी अक्टोवरमा कतारमा आयोजना हुने एसिया सहयोग संवादको शिखर सम्मेलनको तयारी र यस संगठनको सचिवालयको सुदृढिकरणका लागि आवश्यक महत्वपूर्ण नीतिगत दस्तावेजहरू पारित गर्ने लगायतका विषयमा छलफल बैठकमा छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: १९:०२ बजे, मंगलबार, असार ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्