Kathmandu Press

राष्ट्रिय राजनीतिमा विद्रोहको ज्वाला दन्काएका छौं : नेपाल

‘नेपालको कम्युनिष्ट आन्दोलनमा हामीले जुन पहल गरेका छौं, विद्रोह गर्ने आँट गरेका छौं,’ उनले भने, विद्रोहको ज्वाला दन्काएका छौं। एक्लै भएपनि अगाडी बढ्ने प्रयास गरेका छौं।’
राष्ट्रिय राजनीतिमा विद्रोहको ज्वाला दन्काएका छौं : नेपाल

काठमाडौं, असोज ११:  नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा विद्रोहको ज्वाला दन्काएको दाबी गरेका छन्।

मंगलबार राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीले आयोजना गरेको सांस्कृतिक साँझ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनमा एक्लै भएपनि अगाडि बढ्ने आँट गरेको बताएका हुन्।

Hardik ivf

‘नेपालको कम्युनिष्ट आन्दोलनमा हामीले जुन पहल गरेका छौं, विद्रोह गर्ने आँट गरेका छौं,’ उनले भने, विद्रोहको ज्वाला दन्काएका छौं।  एक्लै भएपनि अगाडी बढ्ने प्रयास गरेका छौं।’

अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा नेकपा एसले खेलेको भूमिकाप्रति पार्टीका नेता तथा कार्यकर्ताले गर्नुपर्ने बताएका छन्।

‘राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीले खेलेको भूमिकाप्रति हामीले गर्व गर्नुपर्छ । राष्ट्रिय राजनीतिमा हामीले खेलेको भूमिकाप्रति गौरव गर्नुपर्छ । राष्ट्रिय राजनीतिका सबै शक्तिहरूलाई हामीले राम्रोसँग चिनेको छौँ,’ उलने भने। ‘हामीले समाजवादी क्रान्तिको कार्यक्रमलाई अगाडि सारेको छ । अरू पार्टीले यस्तो कार्यक्रम ल्याएका छैनन्।’

पार्टीका भातृ संगठनहरुलाई व्यवस्थित गरेर अगाडि सार्ने एकमात्र पार्टी नेकपा एस रहेको अध्यक्ष नेपालको भनाइ थियो।

समाजवादी मोर्चालाई नयाँ शिराबाट अगाडी बढाउन समेत छलफल भइरहेको बताउँदै उनले देशभरिका समाजवादी शक्तिहरूलाई गोलबन्द गर्नुपर्नेमा जा्ड दिए।

 

प्रकाशित मिति: १८:४३ बजे, मंगलबार, असार ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्