प्रधानमन्त्रीले आफ्नो पदीय जिम्मेवारी बिर्सनुभयो : महामन्त्री शर्मा
मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले प्रधानमन्त्रीलाई आफ्नो गणीतिय रक्षा गर्ने चिन्ता रहेको बताए।
काठमाडौं, असार ११ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल पदीय जिम्मेवारी बिर्सिएर उपप्रधानमन्त्री दिएको अभिव्याक्तिको खण्डन गर्दै हिँडेको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले प्रधानमन्त्रीलाई आफ्नो गणीतिय रक्षा गर्ने चिन्ता रहेको बताए।
‘प्रधानमन्त्रीको चिन्ता कसरी गणितलाई रक्षा गर्ने भन्ने कुरमा मात्र छ। प्रधानमन्त्रीको पद शान्दरभक हो तर शान्दार मात्र होईन्, दमदार पनि पद हो भन्ने कुरालाई प्रधानमन्त्रीले बिर्सिनुभएको छ,’ उलने भन, ‘आज प्रधानमन्त्रीको दुख हेर्छु म, प्रधानमन्त्री उपप्रधानमन्त्रीले गरेको कुराको खण्डन गरेर बस्नु परेको छ।’
सरकारमा रहेका सबै दलहरुले आफ्नो दलको सभापतिलाई कसरी जोगाउने भन्ने मात्र चिन्ता रहेको भन्दै शर्माले यस्ता पार्टीले देश बनाउन नसक्ने बताए।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)