Kathmandu Press

कोशी सरकारविरुद्ध दायर रिट सर्वोच्चद्वारा खारेज

सर्वोच्चका न्यायाधीशहरु कुमार रेग्मी, डा.नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले केदार कार्कीको माग अस्वीकार गर्दै रिट खारेज हुने फैसला सुनाएको हो।
कोशी सरकारविरुद्ध दायर रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं, असार ११ : सर्वोच्च अदालतको पूर्ण इजलासले कोशी सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर गरेको रिट खारेज गरेको छ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध रिट निवेदन दायर गरेका थिए।

Hardik ivf

रिट खारेज भएपछि हिक्मत कार्की नेतृत्वको एमाले–माओवादी गठबन्धन सरकारले नै वैधानिकता पाएको छ।

सर्वोच्चका न्यायाधीशहरु कुमार रेग्मी, डा.नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले केदार कार्कीको माग अस्वीकार गर्दै रिट खारेज हुने फैसला सुनाएको हो। फैसलाको लिखित पाठ भने आउन बाँकी छ।

प्रकाशित मिति: १७:१३ बजे, मंगलबार, असार ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्