Kathmandu Press

प्रजातान्त्रिक विचार समाज धनुुषाको अध्यक्षमा पत्रकार झा

धनुषा शाखाको अध्यक्षको जिम्मा पाएपछि झाले आफनो नेतृत्वमा जिल्ला कमिटी निर्माण गर्नुको साथै मधेश प्रदेशका अन्य जिल्लाहरुमा समेत जिल्ला शाखाहरु गठन गर्ने बताएका छन्।
प्रजातान्त्रिक विचार समाज धनुुषाको अध्यक्षमा पत्रकार झा

काठमाडौं, असार ११ : कांग्रेस निकट बुद्धजिवीहरुको संगठन प्रजातान्त्रिक बिचार समाज धनुषाको अध्यक्षमा पत्रकार नवीन झा मनोनित भएका छन्।

समाजको कन्द्रिय समितिले झालाई धनुषा अध्यक्षको जिम्मा दिँदै मधेश प्रदेश भरी संगठन विस्तार गर्ने अख्तियारी प्रदान गरेको हो । धनुषा शाखाका अध्यक्षको जिम्मेवारी दिइएका पत्रकार झा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य समेत हुन्।

झा नेपालका मुलधारको पत्रकारितामा विगत डेढ दशक यता सक्रिय छन्। उनले कान्तिपुर दैनिक, हिमाल खवरपत्रिका, अन्नपुर्ण पोष्ट र नयाँ पत्रिकामा काम गरिसकेका छन्।

धनुषा शाखाको अध्यक्षको जिम्मा पाएपछि झाले आफनो नेतृत्वमा जिल्ला कमिटी निर्माण गर्नुको साथै मधेश प्रदेशका अन्य जिल्लाहरुमा समेत जिल्ला शाखाहरु गठन गर्ने बताएका छन्।

विचार समाजको व्यानरमा बैद्धिक विचार विमर्शहरु समेत संचालन गर्ने झाको भनाई छ। समाजको मुलुकका सबै जिल्लाका साथै  देश वाहिर पनि संगठन विस्तार भएको छ।

समाजले प्रजातान्त्रिक मुल्य र मान्यतामा आधारित भएर विचार निर्माणमा सक्रिय रहँदै आएको छ।

कांग्रेस निकट विभिन्न क्षेत्रका बुुछजिवीहरुको सक्रियतामा ०५२ सालमा संस्थापित समाजको केन्द्रिय नेतृत्वमा अहिले वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले छन्।

 

 

प्रकाशित मिति: १७:१० बजे, मंगलबार, असार ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्