Kathmandu Press

नेप्से ५.६० अंकले बढ्यो

मंगलबार ३१९ कम्पनीको ९४ लाख ३५ हजार चार सय ५४ कित्ता शेयर ६० हजार आठ सय ५८ पटक खरिदबिक्री हुँदा चार अर्ब १८ करोड ७७ लाख ९६ हजार आठ सय ३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
नेप्से ५.६० अंकले बढ्यो

काठमाडौं, असार ११ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ। मंगलबार नेप्से परिसूचक ५.६० अंकले बढेर २७१.७७ विन्दुमा कायम भएको छ।
     
मंगलबार ३१९ कम्पनीको ९४ लाख ३५ हजार चार सय ५४ कित्ता शेयर ६० हजार आठ सय ५८ पटक खरिदबिक्री हुँदा चार अर्ब १८ करोड ७७ लाख ९६ हजार आठ सय ३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

बैंकिङ समूह ०.४६, वित्त समूह २.१५, निर्जीवन बीमा ०.२२, व्यापार ०.१८ र अन्य समूह ०.०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

Hardik ivf

विकास बैंक समूह ०.३२, होटल तथा पर्यटन १.१२, जलविद्युत् १.१८, लगानी १.७०, जीवन बीमा ०.५५, उत्पादन तथा प्रशोधन ०.३९, लघुवित्त ०.३४ र लघुवित्त ०. ४२ प्रतिशतले बढेको छ।
     
ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८४÷८५ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएको शेयर संख्याका आधारमा सबैभन्दा धेरै १४ करोड ८३ लाख आठ हजार १६ बराबरको दुई लाख २४ हजार नौ सय ९२ बराबरको कारोबार भएको छ।

प्रकाशित मिति: १७:०२ बजे, मंगलबार, असार ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्