Kathmandu Press

पोलमा चढेर आत्महत्याको प्रयास गरेकी आरती गिरीको उद्धार

आत्महत्या गर्ने भन्दै गिरी मण्डलामा राष्ट्रिय झण्डा राख्न गाडेको पोलमा चढेकी थिइन्। अहिले गिरीलाई प्रहरीले उद्धार गर्दै वीर अस्पताल लगेको छ।
पोलमा चढेर आत्महत्याको प्रयास गरेकी आरती गिरीको उद्धार
फाइल तस्बिर।

काठमाडौं, असार ११ : माइतीघर मण्डलामा रहेको पोलमा चढेर आत्महत्याको प्रयास गरेकी  आरती रावल गिरीलाई प्रहरीले उद्धार गरेको छ।

आत्महत्या गर्ने भन्दै गिरी मण्डलामा राष्ट्रिय झण्डा राख्न गाडेको पोलमा चढेकी थिइन्। अहिले गिरीलाई प्रहरीले उद्धार गर्दै वीर अस्पताल लगेको छ।

Hardik ivf

आफ्ना पूर्व श्रीमान्बाट बलात्कारमा परेको बताउँदै गिरीले दायर गरेको एक मुद्दामा काठमाडौं अदालतले गत जेठ २८ गते पूर्व पती न्यायाधीश भुवन गिरीलाई दोषी ठहर गर्दै ७ वर्ष कैद सजाय तोकेको छ।

गिरीले गत माघ २ गते सर्वोच्च अदालत परिषरमा पनि आत्मदाहको प्रयास गरेकी थिइन्। चैत २१ गते पनि उनले सर्वोच्च अदालतको इजलासमै विष सेवन गरेकी थिइन्।

प्रकाशित मिति: १६:५७ बजे, मंगलबार, असार ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्