खोलाले बगाउँदा विद्यालय जाँदै गरेका बालकको मृत्यु
बिहान ९ बजे विद्यालय जाने क्रममा श्यामको शव एकसय मिटर तल भेटिएको प्रहरीले जनाएको छ।
मोरङ, असार ११ : मोरङको केराबारीमा विद्यालय जाँदै गरेका एक बालकलाई खोलाले बगाएको छ।
मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको थियो।
बिहान ९ बजे विद्यालय जाने क्रममा श्यामको शव एकसय मिटर तल भेटिएको प्रहरीले जनाएको छ। उनी केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए।
प्रकाशित मिति: १५:२९ बजे, मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












