बूढीखोलाको बाढीले बगाउँदा १ जनाको मृत्यु, २ जना वेपत्ता
प्रहरीका अनुसार बाढीमा बगेका चारमध्ये सुन्दरहरैचा–५ की २२ वर्षीय स्वस्तिका चौधरीको स्थानीयले उद्दार गरेका छन् भने २२ वर्षीय प्रेमकला चौधरीको शव भएको भेटिएको छ।
मोरङ, असार ११ : अविरल वर्षापछि मोरङ र सुनसरीको सीमानामा रहेको बूढीखोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् .।
मोरङकाृ सुन्दरहरैचा नगरपालिका–५ गौशला नजिकै खोलामा माछा मार्ने क्रममा दिउँसो साढे १२ बजे एक्कासी आएको बाढीले चार जना महिलालाई बगाएको हो।
प्रहरीका अनुसार बाढीमा बगेका चारमध्ये सुन्दरहरैचा–५ की २२ वर्षीय स्वस्तिका चौधरीको स्थानीयले उद्दार गरेका छन् भने २२ वर्षीय प्रेमकला चौधरीको शव भएको भेटिएको छ।
बाढीले बगाउँदा ६० वर्षीय असरादेवी चौधरी र ३० वर्षीय फुला चौधरी बेपत्ता छन्। प्रहरीले उनीहरुको खोजी गरिरहेको छ।
प्रकाशित मिति: १५:२३ बजे, मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्

-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)