Kathmandu Press

‘जनजातिका हक स्थापित हुँदा राष्ट्र र पार्टी दुवे मजबुत हुन्छ’

आदिवासी जनजातिहरु एक भएर देश, पार्टी र आफ्ना हक अधिकारहरु पनि संरक्षण गर्न सकिने उनले बताए।
‘जनजातिका हक स्थापित हुँदा राष्ट्र र पार्टी दुवे मजबुत हुन्छ’

काठमाडौं, असार ११ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन्।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई मंगलबार सम्बोधन गर्दै एवं पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले उक्त भनाई राखेका हुन्।

Hardik ivf

देउवाले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण रहेको बताउँदै सबै मिलेर अघि बढ्नुपर्ने भनाई पनि राखे। आदिवासी जनजातिहरु एक भएर देश, पार्टी र आफ्ना हक अधिकारहरु पनि संरक्षण गर्न सकिने उनले बताए।

‘नेपाल अहिले आदिवासी जनजातिको समाज छ, दाजुभाइहरू हुनुहुन्छ। उहाँहरूको योगदान महत्वपूर्ण छ। त्यसकारण तपाईंहरू सबै आपसमा एक भएर यो राष्ट्रलाई ठूलो योगदान दिन सक्नुहुन्छ,’ उनले भने, ‘भोलिका दिनमा आफ्नो हक अधिकारका लागि पनि लड्दै जानुस्। साथसाथै काँग्रेस पार्टीलाई पनि मजबुत पार्नुस्।’

सभापति देउवाले राष्ट्रलाई पनि बलियो पार्दै जान आदिवासी जनजातिलाई शुभकामना पनि दिए। उनले आदिवासी जनजातिका हक स्थापित हुँदा राष्ट्र र पार्टी दुबै मजबुत हुने बताए।

‘त्यसो हुँदा आदिवासी, जनजाति दिदिबहिनीहरुको अधिकार पनि संरक्षण हुन्छ। आपसमा मिलेर जाने हो, आपसमा झगडा गर्ने होइन्,’ उनले भने, ‘छलफल गरेर उहाँहरुका मागहरु पूरा हुनेछन् । म पनि यसमा लाग्ने विश्वास दिलाउन चाहन्छु,’ सभापति देउवाले भने।

उनले आदिवासी, जनजातिका मागहरु सम्बोधन गर्न आफ्नो प्रतिवद्धता जनाए।

प्रकाशित मिति: १५:१२ बजे, मंगलबार, असार ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्