Kathmandu Press

बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित

अर्थमन्त्री वर्षमान पुनले पेश गरेको विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो।
बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं, असार ११ : प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बजेट बहुमतले पारित भएको छ।

अर्थमन्त्री वर्षमान पुनले पेश गरेको विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो।

Hardik ivf

मंगलबारको प्रतिनिधी सभाको बैठकमा उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो।

अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए।

पुनले प्रस्तुत गरेको बजेट चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब छ।

प्रकाशित मिति: १५:०३ बजे, मंगलबार, असार ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्