कोशी सरकार विवादमा सुनुवाई सकियो, निर्णयको तयारी
सुनुवाई सकिएपछि न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले मंगलबार नै निर्णय सुनाउने तयारी गरेको छ। कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको उक्त रिट ‘हेर्दाहेर्दै’ राखिएको थियो।
काठमाडौं, असार ११ : कोशी प्रदेश सरकारविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतमा सुनुवाई सकिएको छ।
सुनुवाई सकिएपछि न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले मंगलबार नै निर्णय सुनाउने तयारी गरेको छ। कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको उक्त रिट ‘हेर्दाहेर्दै’ राखिएको थियो।
मुख्यमनत्रीबाट केदार कार्कीलाई हटाएर प्रदेश प्रमुखले हिक्मत कार्कीलाई मुख्यम्नत्रीमा नियुक्त गरेपछि विवाद सर्वोच्च पुगेको हो।
पूर्ण इजलासले रिट निवेदकको पक्षमा निर्णय दिएमा केदार कार्की मुख्यमन्त्रीमा फर्कने छन्। रिट खारेज हुने फैसला भएमा वर्तमान मुख्यमन्त्री कार्कीले नै निरन्तरता पाउने छन्।
प्रकाशित मिति: १४:१२ बजे, मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्

-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)