सांसद शाहीलाई प्रधानमन्त्रीको जवाफ– अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ
‘नेपालमा प्रधानमन्त्री छ भन्ने प्रश्न सोध्ने माननीयज्यू यहीं हुनुहुन्छ कि जानुभयो? नेपालमा प्रधानमन्त्री छ र त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ,’ प्रधानमन्त्रीको जवाफ थियो।-1719301542.jpeg)
काठमाडौं, असार ११ : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले रुसी सेनामा भर्ती भएका नेपाली स्वदेश फिर्ता ल्याउन सरकारको पहल बारे प्रश्न उठाएका छन्।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा शाहिले रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन ढिलासुस्ती गरेको संज्ञा दिँदै ‘यो देशमा सरकार र प्रधानमन्त्री पनि छ?’ भन्ने प्रश्न गरे।
जवाफमा प्रधानमन्त्री दाहालले रुसी सेनामा भर्ती भई युद्ध लडिरहेका नेपालीहरुसँग राति १२ बजे पनि संवाद गरेको बताए।
‘नेपालमा प्रधानमन्त्री छ भन्ने प्रश्न सोध्ने माननीयज्यू यहीं हुनुहुन्छ कि जानुभयो? नेपालमा प्रधानमन्त्री छ र त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ,’ प्रधानमन्त्रीको जवाफ थियो।
मंगलबार प्रतिनिधिसभा बैठकमा परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले नेपाली नागरिकलाई रुसी सेनामा सरकारले नपठाएको बताए।
जे भए पनि नेपाली नागरिक जानु र युद्धमा मारिनु दुःखद् कुरा हो जुनसुकै माध्यमबाट युद्ध मैदानमा पुगे पनि उनीहरूलाई फिर्ता ल्याउने उनले बताए।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)