Kathmandu Press

राहदानी सेवालाई अझ सहज बनाइनेछ : प्रधानमन्त्री दाहाल

‘विदेशमा रहेका नेपालीको हक हितलाई ध्यानमा राख्दै राजदूतावास नभएका मुलुकहरूमा विद्युतीय राहदानी आवेदन संकलन तथा वितरणका लागि घुम्ती सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने।
राहदानी सेवालाई अझ सहज बनाइनेछ : प्रधानमन्त्री दाहाल

काडमाडौं, असार ११ : प्रधानमन्त्री पुष्पकमल दाहालले राहदानी सेवालाई अझ सहज बनाइने बताएका छन्।

मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयक अन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रमका बारेमा सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले राहदानी वितरण छिटो छरितो र सरल बनाइने बताएका हुन्।

Hardik ivf

राहदानी तथा कन्सुलर सेवालाई प्रविधिमा आधारित सेवाग्राहीमैत्री बनाइने दाहालको भनाई छ।

‘विदेशमा रहेका नेपालीको हक हितलाई ध्यानमा राख्दै राजदूतावास नभएका मुलुकहरूमा विद्युतीय राहदानी आवेदन संकलन तथा वितरणका लागि घुम्ती सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने।

वैदेशिक रोजगरीमा गई अप्ठेरोमा परेका नेपालीहरूको उद्धारमा सहजीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न नेपाली राजदुत तथा नियोगका प्रमुखहरूलाई अभिमुखीकरण गरिरहेको बताए।

‘विदेशमा मृत्यु भएका तथा कानूनी सजायका सम्बन्धमा उक्त देशको कानून बमोजिम प्रहरी अनुसन्धान तथा न्यायिक निरूपणमा नियोगले शव पठाउने तथा क्षतिपूर्तिको रकम दिलाउन नियोगहरूबाट यस प्रकारका सेवा २४ सै घण्टा प्राप्त हुन सक्नेगरी व्यवस्था मिलाइएको छ,’ प्रधानमन्त्री दाहालले भने।

नियोगहरूले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट नेपाली कामदार लक्षित मनोपरामर्श सम्बन्धी कार्यक्रम समेत सञ्चालन गर्दै आएका दाहालले बताए । उनले भने‘केही नियोगहरूमा टेलिफोन सेवाका अतिरिक्त हट लाइन सेवा सामाजिक सञ्जाल लगायतका माध्यमबाट सहज सम्पर्कको व्यवस्था मिलाइएको छ । साउदी अरब लगायतका केही नियोगमा सेल्टर होमको व्यवस्था गरिएको छ।’

 

प्रकाशित मिति: १३:२२ बजे, मंगलबार, असार ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्