Kathmandu Press

बोर्डमा कम्तिमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने महान्यायाधिवक्ताको राय

महान्यायाधिवक्ता कार्यालयले सिफारिस समितिलाई उक्त राय दिएको हो। बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउने सन्दर्भमा महान्याधिवक्ताको कार्यालयसँग समितिले राय मागेको थियो।
बोर्डमा कम्तिमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने महान्यायाधिवक्ताको राय

काठमाडौं, असार ११ : नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि कम्तिमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने राय महान्यायाधिवक्ता कार्यालयले दिएको छ।

महान्यायाधिवक्ता कार्यालयले सिफारिस समितिलाई उक्त राय दिएको हो। बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउने सन्दर्भमा महान्याधिवक्ताको कार्यालयसँग समितिले राय मागेको थियो।

Hardik ivf

बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामासर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाले अन्तर्वार्ता तथा कार्यप्रस्तुति दिन नआएपछि नाम सिफारिसमा अड्न उत्पन्न भएको थियो।

सिफारिस समितिले दुईजनाको नाम मात्र सिफारिस गर्न नमिल्ने राय महान्यायाधिवक्ता कार्यालयले दिएको छ। महान्यायाधिवक्ताले कम्तीमा ३ जनाको नाम सिफारिस गर्नैपर्ने कानुनी व्यवस्थ रहेको भन्दै समितिलाई सुझाएको हो।

यस्तै कार्यालयले पुनः सूचना जारी गरेर तीन जनालाई कार्य प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाउन सक्ने विकल्प पनि सुझाएको छ।

सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भएका थिए।

प्रकाशित मिति: १२:५५ बजे, मंगलबार, असार ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्