‘राजदूत नियुक्तको प्रक्रिया सुधारौं’
‘हामी भूराजनीतिक रूपमा कमजोर कदम चाल्दैछौं, राजदूतहरू खल्तीबाट नाम निकालेर कसैको नाम पठाउँदा मेरो नाम किन पठाइदिएको? म यो अस्वीकार गर्छु भनेर विज्ञप्ति आउन थाले,’ उनले भने, ‘हामीले कमजोर रूपमा नियुक्ति प्रक्रियाको अभ्यास गर्दै गर्दा भूराजनीतिक रूपमा हामी कमजोर हुँदैछौं ।’
काठमाडौं, असार ११ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राजदूत नियुक्तिको प्रक्रिया सुधार गर्न माग गरेका छन्।
मंगरबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै खल्तीको मान्छे पठाउँदा पद अस्वीकार गरेको विज्ञप्ति आउन थालेको बताउँदै सांसद झाले यसले देश भूराजनीतिक रुपमा कमजोर हुने बताए।
‘हामी भूराजनीतिक रूपमा कमजोर कदम चाल्दैछौं, राजदूतहरू खल्तीबाट नाम निकालेर कसैको नाम पठाउँदा मेरो नाम किन पठाइदिएको? म यो अस्वीकार गर्छु भनेर विज्ञप्ति आउन थाले,’ उनले भने, ‘हामीले कमजोर रूपमा नियुक्ति प्रक्रियाको अभ्यास गर्दै गर्दा भूराजनीतिक रूपमा हामी कमजोर हुँदैछौं ।’
राजदूत देशको प्रतिनिधित्व हुने भएको बताउँदै उनले सरकारले कमजोर प्रतिनिधि पठाउँदा आफ्नो कमजोरीहरु पनि सँगै पठाउने भएकाले राजदूत नियक्तिको प्रक्रिया सुधार्न अग्रह गरे।
प्रकाशित मिति: १२:२५ बजे, मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्

-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)