Kathmandu Press

झापामा चट्याङ लागेर दुईको मृत्यु

मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले बताए।
झापामा चट्याङ लागेर दुईको मृत्यु

झापा, असार ११ : आज विहान चट्याङका कारण दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले बताए।

उनका अनुसार विहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

साथै गौरीगञ्ज गाउँपालिका–३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गरीलाई चट्याङ लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

प्रकाशित मिति: ११:३३ बजे, मंगलबार, असार ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्