बाल यौन दुराचार मुद्दामा रामबहादुर बम्जन दोषी ठहर, सजाय निर्धारण असार १७ गते हुने
जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई दोषी ठहर गरेको हो।
सर्लाही, असार १० : बाल यौन दुराचारको अभियोगमा तपस्वी रामबहादुर बम्जन दोषी ठहर भएका छन्।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई दोषी ठहर गरेको हो।
दोषी ठरह भएपनि उनीविरुद्ध सजाय निर्धारण भने असार १७ गते हुनेछ।
रामबहादुरसँगै तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जितबहादुर तामाङ पनि दोषी ठहरिएका छन्। उनीहरू मतियार हुन्।
बम्जनलाई सीआईबीले गत पुस २४ काठमाडौंबाट पक्राउ गरेको थियो।
प्रकाशित मिति: १९:१३ बजे, सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












