Kathmandu Press

छाउपडी प्रथा अन्त्य गर्न गृह मन्त्रालयले बनायो समिति

उनले यो प्रथाको अन्त्य गर्नको लागि एउटा समिति निमार्ण गर्ने र समितिले दिएको प्रतिवेदनमा टेकेर नीतिगत निर्णयहरु गर्ने र अभियानहरु सञ्चालन गर्ने कुराको पनि निर्णय भएको पनि जानकारी दिएका छन्।
छाउपडी प्रथा अन्त्य गर्न गृह मन्त्रालयले बनायो समिति
फाइल तस्बिर।

काठमाडौं, असार १० : छाउपडी प्रथाको अन्त्यको प्रयासस्वरूप गृह मन्त्रालयले समिति गठन गरेको छ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सोमबार राष्ट्रियसभामा अछाममा छाउगोठमा भएको घटकाबारे जानकारी गराउने क्रममा समितिबारे जानकारी दिएका हुन्। उनले अछाममा भएको छाउपडी घटनाबारे स्थानीय प्रशासनले अनुसन्धान गरिरहेको बताउँदै छिट्टै अदालती प्रक्रियामा जाने बताए।

Hardik ivf

छाउपडि प्रथाको अभ्यास भएका क्षेत्रको समिक्षा गर्न र अनुसन्धानको कार्य कडाइका साथ गर्न र अपराधीलाई कडा कारबाही गर्न पनि निर्देशन दिइएको लामिछानेले बताए।

उनले यो प्रथाको अन्त्य गर्नको लागि एउटा समिति निमार्ण गर्ने र समितिले दिएको प्रतिवेदनमा टेकेर नीतिगत निर्णयहरु गर्ने र अभियानहरु सञ्चालन गर्ने कुराको पनि निर्णय भएको पनि जानकारी दिएका छन्।

असार ४ गते अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका–२ बस्ने १६ वर्षीया किशोरीमाथि छाउगोठ नजिकै बेहोस अवस्था फेला परेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयसमेतको टोलीले उद्धार गरि उनलाई उपचारको लागि जिल्ला अस्पताल लगेको थियो।

‘कानुनी प्रतिबन्धले मात्रै छाउपडी प्रथा नियन्त्रण गर्न सक्ने अवस्था नरहेको हुँदा समुदायलाई साथमा लिई प्रशासन, स्थानीय सरकार, नागरिक समाज, धार्मिक, सांस्कृतिक संस्थाहरू र आम सञ्चारमाध्यम लगायतको बहुपक्षीय प्रयास आवश्यक देखिन्छ,’ उनले भने।

प्रकाशित मिति: १९:०७ बजे, सोमबार, असार १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्