Kathmandu Press

अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएको छु : गृहमन्त्री

गृहमन्त्री लामिछानेले अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न स्थानिय प्रशासनलाई मन्त्रालयले स्पष्ट निर्देशन दिएको बताए।
अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएको छु : गृहमन्त्री
Hardik ivf

काठमाडौं, असार १० : उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा र अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न मातहतका निकायहरुलाई निर्देशन दिएको बताएका छन्।

सोमबार राष्ट्रियसभाको बैठकमा अछाममा भएको घटनाबारे सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लामिछानेले अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न स्थानिय प्रशासनलाई मन्त्रालयले स्पष्ट निर्देशन दिएको बताए।  

‘महिला तथा बालबालिकाका विरुद्ध हुने कुनैपनि हिंसा र अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न स्थानिय प्रशासनलाई मन्त्रालयले स्पष्ट निर्देशन गरेको छु,’ उनले भने, ‘पीडितको न्याय प्राप्त गर्ने संवैधानिक हकको संरक्षण एवं कार्यानवयनका लागि गृह मन्त्रालय र मातहत प्रशासन थप संवेदनशिल र सचेत रहेको कुरा जानकारी गराउन चहान्छु।’

प्रकाशित मिति: १९:०२ बजे, सोमबार, असार १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्