Kathmandu Press

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

प्रधान सेनापति शर्माले उल्लेखित पदहरूमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उप सेनानी ५ जना, लेखा उप सेनानी ६ जना र प्राविधिक उप सेनानी ५० जना गरी ६१ जना नवनियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, असोज १० : प्रधान सेनापति प्रभुराम शर्माले सैनिक प्राड सेवा, प्राविधिक सेवा (स्वास्थ्य तथा इन्जिनियरिङ समूह), हवाई सेवा तथा विविध सेवामा नियुक्त भएका अधिकारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

सोमबार जंगीअड्डामा एक कार्यक्रमको आयोजना गर्दै प्रधान सेनापति शर्माले उल्लेखित पदहरुमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उप सेनानी ५ जना, लेखा उप सेनानी ६ जना र प्राविधिक उप सेनानी ५० जना गरी ६१ जना नवनियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।  

Photo-(3)(1)-1719233985.JPG

आयुक्त पद प्रदान कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

नेपाली सेनाका रथीहरू, अधिकृतहरूका साथै नवनियुक्त अधिकृतहरूलाई प्रधान सेनापति शर्माले बधाई दिँदै सैनिक जीवनमा सफलताको शुभकामना समेत व्यक्त गरे।

Photo-(1)(2)-1719233986.JPG

प्रकाशित मिति: १८:४५ बजे, सोमबार, असार १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्