Kathmandu Press

कांग्रेसमाथि लागेका दागहरु सफा गर्न आवश्यक छ : गगन थापा

महामन्त्री थापाले कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको भन्दै फोहोर सफा गर्न ऐनामा लागेको फोहोर मेटेर नहुने बताए।
कांग्रेसमाथि लागेका दागहरु सफा गर्न आवश्यक छ : गगन थापा

काठमाडौं, असार १० : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले पार्टीमाथि लागेका फोहोरका दागहरू सफा गर्न आवश्यक रहेको भउको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित स्व. नन्दप्रसाद शिवाकोटीको स्मृतिसभा तथा पुस्तक विमोचन समारोहमा उनले कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको भन्दै फोहोर सफा गर्न ऐनामा लागेको फोहोर मेटेर नहुने बताए।

Hardik ivf

पार्टीमा ठूलो योगदान पु¥याएका तर स्मरण नगरिएको स्वर्गीय नन्दप्रसाद जस्तो पात्र खोज्ने कार्यलाई पार्टीले द्रुत गतिमा अगाडि बढाउने पनि महामन्त्री थापाले बताए।

‘पार्टीमा ठूलो योगदान गरेको तर कँही न कहीँ हामीले स्मरण नगरेको नन्दप्रसाद जस्तो पात्र खोज्ने हामीले निर्णय पनि गरिसकेका छौं। यसलाई द्रुत गतिमा अगाडि बढाउँछौं,’ उनले भने, ‘कांग्रेस भित्रको फोहोर हामीले सफा गर्नुपर्ने छ। कांग्रेस भित्रको फोहोर सफा गर्नका निम्ति ऐना अगाडि उभिएर ऐनामा लागेको फोहोर मेटेर आफूभित्र लागेको दागहरु सफा हुँदैन्।’

उनले कांग्रेस भित्र रहेको जोस र जाँगरका कारणले मात्र देशमा परिवर्तन सम्भव भएको दाबी गरे।

नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित बनिरहेको उनले बताए।

‘हाम्रो राजनीति कस्तो हुँदै गएको छ भने सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्ने यसमा गएर यसले एउटा मिसन नै हराएकोजस्तो भएको छ । त्यो मिसन हराएकोजस्तो राजनीतिबाट हामी मुक्त हुनुपर्छ,’ उनले भने।

 

प्रकाशित मिति: १८:१८ बजे, सोमबार, असार १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्