Kathmandu Press

संसद् सचिवायलका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति

कर्मचारीलाई प्रदान गरिंदै आएको शैक्षिक भत्तामा मासिक तीन सय वृद्धि गर्ने, अतिरिक्त समयमा काम गरेवापत खाजा तथा खाना खर्च दैनिक एक सयले वृद्धि गर्ने, उक्त रकम मासिक रूपमा प्रदान गर्नेलगायत सहमति भएको छ।
संसद् सचिवायलका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति

काठमाडौं, असार १० : आन्दोलनरत संसद् सचिवायलका कर्मचारी र सरकारबीच सोमबार ७ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच ७ बुँदे सहमती भएको हो।

Hardik ivf

दुईपक्षीय वार्तापछि सहमति जुटेपछि संसदका कर्मचारी पूर्ववत काममा फर्किने भएका छन्।

कर्मचारीलाई प्रदान गरिंदै आएको शैक्षिक भत्तामा मासिक तीन सय वृद्धि गर्ने, अतिरिक्त समयमा काम गरेवापत खाजा तथा खाना खर्च दैनिक एक सयले वृद्धि गर्ने, उक्त रकम मासिक रूपमा प्रदान गर्नेलगायत सहमति भएको छ।

सहमती जुटेपछि कर्मचारीले आजैबाट आन्दोलन फिर्ता लिएका छन्। यो सहमतीसँगै संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने अवस्था आएको छ।

प्रकाशित मिति: १८:०४ बजे, सोमबार, असार १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्