मर्यादाक्रमका आधारमा कर्मचारीको तलवमान तोक्न सर्वोच्चको परमादेश
सहन्यायाधिवक्ता गोविन्द खनालसहित ३३ जनाले दायर गरेको रिटमा सर्वोच्चमा न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सरकारका नाममा परमादेश जारी गरेको हो।
काठमाडौं, असार १० : सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा सरकारी कर्मचारीहरुको तलवमान निर्धारण गर्न सोमबार सरकारलाई परमादेश दिएको छ।
सहन्यायाधिवक्ता गोविन्द खनालसहित ३३ जनाले दायर गरेको रिटमा सर्वोच्चमा न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सरकारका नाममा परमादेश जारी गरेको हो।
२०७६ साल बैशाख १६ गते भएको मर्यादाक्रम अनुसार माथिल्लो मर्यादामा रहेका कर्मचारीको भन्दा तल्लो मर्यादामा रहेका कर्मचारीको तलब भत्ता बढी रहेको दाबी रिट निवेदको थियो।
सर्वोच्चको संयुक्त इजलासले मर्यादाक्रमलाई आधार मानेर तलवमान निर्धारण गर्न भनेको छ। सर्वोच्चको फैसलासँगै मर्यादाक्रम अनुसार तलवमान निर्धारण हुने बाटो खुलेको छ।
प्रकाशित मिति: १८:०० बजे, सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार