Kathmandu Press

‘हामीलाई राम्रो जादुगर होइन, राम्रो प्रधानमन्त्री चाहिएको छ’

‘प्रधानमन्त्रीलेजीले यो मेरो संख्या होइन, जादु हो भनेर भनिराख्नु भएको छ। अब हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ,’ उनले भने, ‘अब उहाँ राम्रो जादुगर भएर आउनु भएको छ। बडो बिडम्बनामा हामीले बाच्नु परिरहेको छ।’
‘हामीलाई राम्रो जादुगर होइन, राम्रो प्रधानमन्त्री चाहिएको छ’

काठमाडौं, असार १० : नेपाली कांग्रेसका प्रमुख सेचतक रमेश लेखकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल राम्रो प्रधानमन्त्री नभई राम्रो जादुगर भएको भन्दै व्यंग्य गरेका छन्।

सोमबार स्वर्गीय नन्दप्रसाद शिवाकोटी स्मृति ग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले एउटा कार्यक्रममा आफूसँग जादुयी संख्या रहेको भनेर गरेको टिप्पणीमाथि व्यङ्ग गर्दै प्रधानमन्त्री जादुगर भएको बताए।

Hardik ivf

‘प्रधानमन्त्रीलेजीले यो मेरो संख्या होइन, जादु हो भनेर भनिराख्नु भएको छ। अब हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ,’ उनले भने, ‘अब उहाँ राम्रो जादुगर भएर आउनु भएको छ। बडो बिडम्बनामा हामीले बाच्नु परिरहेको छ।’

लेखकले राजनीतिक स्थिरता, समृद्धि, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको भन्दै वर्तमान राजनीतिक गतिविधि र अस्थिरतका कारण सबै ओझेलमा परेको बताए।

‘हामीले कतिपय चुनौतीहरु भोग्नु परेको छ। अहिले मुलुकमा स्थिरता, समृद्धिको कमि छ। मुलुकको उन्नती, दिगो शान्ति, विकास, सुशासन आजको आवश्यकता छ,’ उनले भने, ‘तर राजनीति गतिविधि र अस्थिरताले यी सबै कुराहरुलाई ओझेलमा राखेको छ। अझै कति दिन अस्थिरता व्यहोर्नु पर्ने हो भन्ने पनि थहा छैन्।’

प्रकाशित मिति: १७:०० बजे, सोमबार, असार १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्