परराष्ट्रमन्त्री श्रेष्ठ र इरानका कार्यवहाक विदेशमन्त्री बगेरीबीच भेटवार्ता
तेहरानमा एसिया सहयोग संवाद (एसीडी)को साइड लाइनमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा नेपाल–इरान सम्बन्ध र द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ
काठमडौं, असार १० : उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र इरानका कार्यवहाक विदेशमन्त्री डा. अली बगेरीबीच भेटवार्ता भएको छ।
तेहरानमा एसिया सहयोग संवाद (एसीडी)को साइड लाइनमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा नेपाल–इरान सम्बन्ध र द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ
परराष्ट्रमन्त्री श्रेष्ठले स्थानीय समयअनुसार सोमबार बिहान इरानका कार्यवाहक विदेशमन्त्री बगेरीको अध्यक्षतामा तेहरानमा आयोजना भएको एसीडीको १९औँ मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन्।
सम्बोधनका क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले क्षेत्रीय सहयोग र बहुपक्षीयताप्रति नेपालको प्रतिबद्धता दोहोर्याएका थिए । उनले एसीडी भिजन २०३० लाई कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका थिए।
प्रकाशित मिति: १६:३२ बजे, सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार