Kathmandu Press

फणीन्द्र देवकोटालाई गरिएकाे कारबाहीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले देवकोटालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
फणीन्द्र देवकोटालाई गरिएकाे कारबाहीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, असार १० : गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले आदेश दिएको छ।

माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचित भएका नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीले उनलाई सांसदबाट निलम्बन गरेको थियो।

Hardik ivf

न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले देवकोटालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न र सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो।

यो आदेशसँगै देवकोटाले गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न पाउनेछन्।

नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिएपछि आफ्नो निर्वाचन चिह्नबाट उठेको उम्मेदवार आफ्नो संसदीय दलको सदस्य भएको र दलले जारी गरेको ह्विप उल्लघंन गरेको भन्दै माओवादीले कारबाही गरेको थियो।  
देवकोटा गोरखा निर्वाचन क्षेत्र २(१) बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। माओवादीको निर्वाचन चिह्न लिएर उठे पनि उनले आफू नेपाल समाजवादी पार्र्टीको उम्मेदवार भएकाले स्वतन्त्र हुने दाबी गर्दै आएका थिए।

उनले यही कारण आफूले मन लागेको मुख्यमन्त्रीको उम्मेदवारलाई मत दिन पाउने तर्क गर्दै आएका छन्।

प्रकाशित मिति: १५:५१ बजे, सोमबार, असार १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्