एमाले र लोसपाका जनप्रतिनिधिको अवरोध प्रयासपछि जीतपुर सिमराको नगर सभामा झडप
सोमबार मेयर राजन पौडेलले बैठक बस्न आवश्यक संख्या २५ प्रतिशत पुर्याएर नीति तथा कार्यक्रम र बजेट पास गर्ने भनेपछि एमाले र लोसपाका जनप्रतिनिधिले अवरोध गर्न खोज्दा झडप भएको थियो।
बारा, असार १० : बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको बैठकमा झडप भएको छ।
नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सोमबार बोलाइएको नगरसभा बैठक अरोधको प्रयास भएपछि झडप भएको हो। एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका जनप्रतिनिधिहरूले नगरसभा अवरोध गर्न खोजेका थिए।
सोमबार मेयर राजन पौडेलले बैठक बस्न आवश्यक संख्या २५ प्रतिशत पुर्याएर नीति तथा कार्यक्रम र बजेट पास गर्ने भनेपछि एमाले र लोसपाका जनप्रतिनिधिले अवरोध गर्न खोज्दा झडप भएको थियो।
यसअघि नेकपा माओवादी केन्द्रबाहेकका दलहरु कांग्रेस, एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिले नगर सभा बहिष्कार गर्दै आएका थिए।
नगर सभामा झडप भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। नगर सभा सुरु हुन सकेको छैन।
प्रकाशित मिति: १५:३२ बजे, सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार