Kathmandu Press

बालेन एकलौटी निर्णय गरेरअघि बढ्न खोजेको नगरसभा सदस्यको आरोप

‘हेर्दा तपाईं स्वतन्त्र र एक्लै भएपनि हामी सबै साथीहरुले राम्रा काममा तपाइँलाई साथ दिन्छौं,’ उनले भने, ‘अब नराम्रो गर्न थाल्नुभयो भने मेयरसाब यो चाँही कमजोरी भयो यसलाई सुधार गरौं भन्छौं । भन्दा पनि मान्नुभएन भने रामराम भन्छौं काँध थाप्दैनौं।’
बालेन एकलौटी निर्णय गरेरअघि बढ्न खोजेको नगरसभा सदस्यको आरोप

काठमाडौं, असार १० : काठमाडौं महानगरपालिकाका नगर सभा सदस्य नवराज पराजुलीले नगरप्रमुख बालेन शाहले एकटौली निणर्य गरेर अघि बढ्न खोजेको आरोप लगाएका छन।

महानगरको बजेट सार्वजनिक कार्यक्रममा उनले यसरी नै अघि बढ्न खोजे आफूहरु चुप नबस्ने पनि बताए।

Hardik ivf

‘हेर्दा तपाईं स्वतन्त्र र एक्लै भएपनि हामी सबै साथीहरुले राम्रा काममा तपाइँलाई साथ दिन्छौं,’ उनले भने, ‘अब नराम्रो गर्न थाल्नुभयो भने मेयरसाब यो चाँही कमजोरी भयो यसलाई सुधार गरौं भन्छौं । भन्दा पनि मान्नुभएन भने रामराम भन्छौं काँध थाप्दैनौं।’

उनले अघिल्ला दिनहरुमा प्रमुख शाहलाई साथ सहयोग गरेको र आगामी दिनमा पनि राम्रा काममा निरन्तर गर्ने उल्लेख गर्दै सामाजिक सञ्जालबाट जनतामा भ्रम छर्ने कार्य गर्न नहुनेमा जोड दिए। सकेसम्म नगरका निणर्य प्रकृयामा सर्वसम्मतीमा जानुपर्ने उनको धारणा छ।

केही दिन बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न तोकिएको समयलाई लिएर नगरप्रमुख बालेन शाहले सामाजिक सञ्जालबाट गरेको टिप्पणी गरेका थिए।  ्

सोमबार महानगरको आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजिक कार्यक्रममा सभा सदस्य पराजुलीले आज बजेट सार्वजनिक गर्न महानगरले तोकेको समय नगरप्रमुख शाहले एकलौटी निणर्यमा भएको बताए।

बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्ने समय निर्धारण गर्न बसेको बैठकमा नीति कार्यक्रम सार्वजनिक गर्ने समय एक घण्टा पछाडि सारौं भनेर तीन दलका प्रतिनिधिले प्रस्ताव गर्दा उक्त विषयलाई नगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत ‘३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो’ भन्ने टिप्पणी गरेको उनले बताए।

उनले पञ्चायत र निरंकुश राजतन्त्रको विरुद्धमा लडेर आएको उल्लेख गर्दै आफूहरु तानाशाही नभएको स्पष्ट पारे।

प्रकाशित मिति: १५:२६ बजे, सोमबार, असार १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्