Kathmandu Press

नेपालीलाई ठगी गर्ने म्यानपावरलाई कारबाही गर्न गुरुङको माग

‘प्रतिव्यक्ति साढे ६ लाख रुपैयाँ लिएर उनीहरूलाई बेलग्रेड पु¥याइएको र विमानस्थलमा अलपत्र परी फर्किएको तथा १० जना नेपाली अझै अलपत्र रहेका छन्,’ उनले भने।
नेपालीलाई ठगी गर्ने म्यानपावरलाई कारबाही गर्न गुरुङको माग

काठमाडौं, असार १० : विभिन्न प्रलोभन देखाएर विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले सरकारसँग आग्रह गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले यस्तो माग गरेका हुन्। आफु कुवेतको नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी भएर स्वदेश फर्कने क्रममा पाँच नेपालीलाई बेलग्रेडबाट फर्काइएको अवस्थामा पाएको बताए,

Hardik ivf

‘प्रतिव्यक्ति साढे ६ लाख रुपैयाँ लिएर उनीहरूलाई बेलग्रेड पु¥याइएको र विमानस्थलमा अलपत्र परी फर्किएको तथा १० जना नेपाली अझै अलपत्र रहेका छन्,’ उनले भने।

अलपत्र पर्ने १५ मध्ये १४ जना झापाका र एक बर्दियाका रहेका जानकारी आफूले पाएको गुरुङले बताए। अलपत्र परेका युवालाई सरकारले विशेष पहल गरी स्वदेश फकाई  ठगिएका युवालाई क्षतिपूर्ति दिन र म्यानपावर कम्पनीलाई कारबाही गर्न समेत सरकारसँग उनले आग्रह गरे।

प्रतिव्यक्ति साढे ६ लाख रुपैयाँ लिएर झापाको खगोल भन्ने म्यानपावर मार्फत काठमाडौंको डायनामिक भन्ने मुख्य म्यानपावरले बेलग्रेड पु¥याइएका युवा त्यहाँ रिसिभ नभएपछि विमानस्थलबाटै पाँचजनालाई फकाइसकिएको गुरुङको भनाई थियो।

प्रकाशित मिति: १३:२० बजे, सोमबार, असार १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्