Kathmandu Press

चित्रबहादुर केसीले भन्छन्– सहकारीको रकम हिनामिना गर्नेलाई प्रधानमन्त्रीले गृहमन्त्री बनाए

‘सहकारीको अर्बौ पैसा हिनामिना भएको छ, त्यो सरकार बाहिरको मान्छेले भन्दा सरकारको आडमा, शक्तिको भरमा लाखौं लाख जनताको पसिनामा सहकारी ठगहरुले हिनामिना गरेका छन्,’ उनले भने।
चित्रबहादुर केसीले भन्छन्– सहकारीको रकम हिनामिना गर्नेलाई प्रधानमन्त्रीले गृहमन्त्री बनाए

काठमाडौं, असार १० : राष्ट्रिय जनमोर्चा पार्टीले आन्दोलनरत सहकारी पीडितहरुको आन्दोलनमा एक्येबद्धता जनाएको छ।

सोमबार माइतीघर मण्डलतामा गएर जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले  लाखौं बचतकर्ताको अर्बौं रकम अपचलन गरिएको भन्दै लामो समयदेखि आन्दोलनरत सहकारी पीडितहरुको आन्दोलनमा एक्येबद्धता जाहेर गरेका हुन्।

Hardik ivf

‘मैले यो आन्दोलनमा एक्येबद्धता जनाउन चहान्छु। सहकारीबाट देशको अर्थतन्त्र राम्रो हुन्छ भनेर बैंक राख्नु भन्दा सहकारीमा खाइ नखाइ राखेको पैसा हिनामिना भएको छ,’ उनले भने।

अध्यक्ष केसीले सरकारको आड र शक्तिको भरमा सहकारीको अर्बौ पैसा हिनामिना गरेर जनताको पसिनामाथि पनि हिनामिना भएको भन्दै आक्रोस् पोखे।

‘सहकारीको अर्बौ पैसा हिनामिना भएको छ, त्यो सरकार बाहिरको मान्छेले भन्दा सरकारको आडमा, शक्तिको भरमा लाखौं लाख जनताको पसिनामा सहकारी ठगहरुले हिनामिना गरेका छन्,’ उनले भने।

सहकारी ऐनमा नै समस्या रहेको कारण ऐनमा संशोधन गरेर, नीति बनाएर ठगहरुलाई कडा कारबाही गर्दै जानुपर्ने पनि उनको भनाइ छ।

अध्यक्ष केसीले सहकारीको रकम हिनामिना गर्नेलाई प्रधानमन्त्रीले सहयोग गरेर गृहमन्त्री बनाएको आरोप समेत लगाए।

प्रकाशित मिति: १४:३६ बजे, सोमबार, असार १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्