‘कर्मचारी आन्दोलित हुँदा संसद संचालनमा कठिनाइ भयो, जायज माग पुरा गरियोस्’
सोमबारको प्रतिनिभिसभा बैठकमा बोल्दै सांसद कोइरालाले कानूनमन्त्रीको संयोजकत्वमा सहजीकरण समिति बनेको भएपनि कर्मचारी कालोपट्टि बाँधेर आन्दोलनमा बस्नु दुःखद् रहेको बताइन्।
काठमाडौं, असार १० : नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले, संघीय संसद सचिवालयका कर्मचारीहरुको आन्दोलनका कारण संसदको सदुपयोग गर्न नसएिको उल्लेख गर्दै उनीहरुका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्।
सोमबारको प्रतिनिभिसभा बैठकमा बोल्दै सांसद कोइरालाले कानूनमन्त्रीको संयोजकत्वमा सहजीकरण समिति बनेको भएपनि कर्मचारी कालोपट्टि बाँधेर आन्दोलनमा बस्नु दुःखद् रहेको बताइन्।
‘संसद् सचिवालयका कर्मचारी आन्दोलित हुँदा संसद संचालनमा कठिनाइ भएको छ। मैले सुनेको छु कानूनमन्त्रीको संयोजकत्वमा सहजिकरण समिति गठन भएको छ,’ उनले भनिन्, ‘त्यो सहजिकरण समितिले पक्कै पनि काम थालेको होला लागेको थियो। तर, आज संसद् भवन प्रवेश गर्दा हाम्रा कर्मचारी साथिहरु कालो पट्टि बाँधेर आन्दोलनमा बस्नुभएको रहेछ। यो दःखद हो।’
संसद सचिवालयका कर्मचारीहरुले पाउने गरेको तलबले राम्रोसँग जीवन जिउन समेत नसकेको उनको भनाइ छ।
‘सभामूख महोदय कर्मचारीलाई हामीले दिएको तलबले राम्रोसँग जिउन सक्ने खालको छैन। त्यसलाई हामीले स्विकार गर्नुपर्छ,’ उनले भनिन्, ‘उहाँहरुका केही जायज मागहरु पनि छन् । हामीले उहाँहरुसँग बसेर वार्ता गर्नुपर्छ। त्यो वार्ता सकेर संसदको समयको सदुपयोग गरौं । संसदको काम नियमीत गरौं।’
अतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा मागसहितका ११ बुँदे माग राख्दै संघीय संसद सचिवालयका कर्मचारीहरू आन्दोलनरत छन्।












