Kathmandu Press

विपद् व्यवस्थापनको पूर्वतयारीमा लाग्न सरकारलाई सांसद सापकोटाको आग्रह

सांसद सापकोटाले हिउँद लागेपछि स्थायी संरचना बनाउने र बर्खामा बाढीले त्यसलाई बगाउँदा नागरिकले टुलुटुलु हेर्नुपर्ने अवस्थाको अन्त्य गर्न पपनि माग गरे।
विपद् व्यवस्थापनको पूर्वतयारीमा लाग्न सरकारलाई सांसद सापकोटाको आग्रह

काठमाडौं, असार ९ : माओवादी केन्द्रका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकमा गएराति भएको भारी वर्षाले मेलम्ची खोलाको अस्थायी पुल बगाएको भन्दै पूर्वतयारीलाई व्यवस्थित गर्न सरकारसँग माग गरेका छन्।  

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले भारी वर्षाको कारण सिन्धुपाल्चोकका ६ वटा वडाको आवतजावत अवरुद्ध भएको भन्दै हिउँद लागेपछि स्थायी संरचना बनाउने र बर्खामा बाढीले त्यसलाई बगाउँदा नागरिकले टुलुटुलु हेर्नुपर्ने अवस्थाको अन्त्य गरि पूर्व तयारीलाई व्यवस्थित तुल्याउन सरकारसँग माग गरेका हुन्।  

Hardik ivf

लगातारको वर्षापछि आएको बाढीले मेलम्चीको अस्थायी पुल बगाउँदा ६ वटा वडाको आवतजावत अवरुद्ध बताउँदै उनलेसरकारको गम्भीर ध्यानाकर्षण गराए।

सांसद सापकोटाले हिउँद लागेपछि स्थायी संरचना बनाउने र बर्खामा बाढीले त्यसलाई बगाउँदा नागरिकले टुलुटुलु हेर्नुपर्ने अवस्थाको अन्त्य गर्न पपनि माग गरे।

प्रकाशित मिति: १४:२७ बजे, सोमबार, असार १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्