आजदेखि मेलम्ची खानेपानी बन्द हुने
मेलम्चीमा बाढीसँगै पानी धमिलिन थालेपछि आयोजनाको संरचनालाई सुरक्षित गर्न आजैदेखि बन्द गर्न लागिएको समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए।
काठमाडौं, असार १० : मेलम्चीमा बाढी आएसँगै मेलम्ची खानेपानी विकास समितिले आज देखी मेलम्ची खानेपानी बन्द गर्न लागेको छ।
समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानीको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको हो।
मेलम्चीमा बाढीसँगै पानी धमिलिन थालेपछि आयोजनाको संरचनालाई सुरक्षित गर्न आजैदेखि बन्द गर्न लागिएको समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए।
उनका अनुसार परामर्शदाता तथा एसियाली विकास बैंक(एडीबी)ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिइरहेका भएपनि ठूलो वर्षा नहुँदा हालसम्म बन्द गरिएको थिएन, तर नदिको बहाब बढेसँगथै आजदेखि बन्द गर्ने निर्णय गरेको हो।
मनसुन अवधिमा विपत्तिको जोखिम कम भएपछि मात्र उपत्यकावासीलाई मेलम्चीको पानी पठाउन पुनः सुरु गर्ने समितिले तयारी गरेको छ।
प्रकाशित मिति: १३:१३ बजे, सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार