Kathmandu Press

गण्डकी सांसद देवकोटाको पदमुक्त विवादमा सुनुवाई सुरु

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजालसमा सुनुवाई सुरु भएको हो। आइतबार रिटमाथिको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ को अवस्थामा थियो।
गण्डकी सांसद देवकोटाको पदमुक्त विवादमा सुनुवाई सुरु

काठमाडौं, असार १० : गण्डकी प्रदेशका मन्त्री फणिन्द्र देवकोटालाई प्रदेशसभा सदस्यबाट हटाउने नेकपा माओवादी केन्द्र र सभामुखको निर्णयविरुद्धको रिटमाथि सुनुवाइ सुरु भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजालसमा सुनुवाई सुरु भएको हो। आइतबार रिटमाथिको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ को अवस्थामा थियो।

Hardik ivf

देवकोटाले आफू माओवादीको सदस्य नभएको अवस्थामा कारबाही गरिएको जिकिरसहित रिट दायर गरेका हुन्।

ह्वीप उल्लङघन गरी गण्डकीका मुख्य मन्त्री सुरेन्द्र पोण्डेलाई मतदान गरेको आरोपमा माओवादी केन्द्रले कारबाही गरेको थियो। त्ससविरुद्ध कानुनी र संवैधानिक प्रश्न उठाउँदै देवकोटाले गत जेठ ६ गते रिट दायर गरेका हुन्।

प्रकाशित मिति: १३:०८ बजे, सोमबार, असार १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्