चीनका उपविदेशमन्त्री सुन वेइदोङ काठमाडौंमा
नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा मंगलबार काठमाडौंमा हुँदैछ। उपविदेशमन्त्री वेइदोङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
काठमाडौं, असार १० : चीनका उपविदेशमन्त्री सुन वेइदोङ नेपाल भ्रमणको सिलसिलामा सोमबार काठमाडौं आइपुगेका छन्।
वेइदोङ तीनदिने भ्रमणका लागि नेपाल आएका हुन्। उनी नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुने कार्यक्रम छ।
नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा मंगलबार काठमाडौंमा हुँदैछ। उपविदेशमन्त्री वेइदोङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आएका उनी बुधबार स्वदेश फर्किने छन्।
प्रकाशित मिति: १३:०४ बजे, सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार