Kathmandu Press

पूर्वमुख्यमन्त्री शाहीलाई अदालतले दिएन मुद्दामा वारेश राख्ने अनुमति

न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायण राई र रामबहादुर थापाको इजलासले वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको हो।
पूर्वमुख्यमन्त्री शाहीलाई अदालतले दिएन मुद्दामा वारेश राख्ने अनुमति

काठमाडौं, असार १० : कर्णाली प्रदेशका तत्कालिन पूर्वमुख्यमन्त्री एवं कर्णाली प्रदेश नेपाली कांग्रेसका निलम्बित प्रदेशसभा सदस्य जीवनबहादुर शाहीविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले वारेस राखेर मुद्दा लड्ने अनुमति दिन अस्वीकार गरेको छ।

न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायण राई र रामबहादुर थापाको इजलासले वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको हो।

Hardik ivf

शाहीले दिएको वारेसको निवेदनमा विशेष अदालतले आइतबार वारेसको अनुमति नहुने आदेश दिएपछि शाही तारिखका दिन स्वयम् उपस्थित हुनुपर्ने भएको छ। शाहीको अदालतमा बयान सकिएपछि वारेशका लागि निवेदन दिएका थिए।
 
वाइड बडी विमान खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले पूर्व पर्यटनमन्त्री समेत रहेका शाहीसहित ३२ जना विरुद्ध मुद्दा दायर गरेको थियो। २०८० चैत २२ गते भ्रष्टाचार मुद्दा दायर भएको थियो।

अर्का अभियुक्त पूर्व महाप्रबन्धक सुगतरत्न कंसाकारलाई भने १० लाख धरौटीमा मुद्दाको पुर्पक्ष गर्ने सुविधा दिएको छ।

 

प्रकाशित मिति: १२:५४ बजे, सोमबार, असार १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्