Kathmandu Press

पशुपतिमा नेपालकै ठूलो ऐतिहासिक कोटिहोम महायज्ञ हुँदै

मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा आगामी श्रावण १ गते देखी ३२ गतेसम्म पशुपति क्षेत्रमा सञ्चालन हुने भएको छ।
पशुपतिमा नेपालकै ठूलो ऐतिहासिक कोटिहोम महायज्ञ हुँदै

काठमाडौं, असार १० : नेपालकै इतहासमा हालसम्मकै सबैभन्दा ठूलो ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ सञ्चालन हुने भएको छ।

मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा आगामी श्रावण १ गते देखी ३२ गतेसम्म पशुपति क्षेत्रमा सञ्चालन हुने भएको छ।

Hardik ivf

मानव सेवा फाउण्डेसन नेपाल संचालित ललितपुर बाडेगाउँमा रहेकोमामाघर अनाथालय आश्रम र भक्तपुरको चाँगुनारायणमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणको लागी उक्त महायज्ञ आयोजना गरिएको मानव फाउण्डेशनका व्यवस्थापक लिलामणिरमण निरौलाले जानकारी दिए छ।

महायज्ञमा दीनवन्धु पोखरेल, राधिका दासी, चन्द्रकला सखी र देवी प्रतिभालगायले कथा वाचन गर्ने छन्।

महायज्ञमा श्रावण महिनाभर १०८ पण्डितबाट विभिन्न पुराणको पाठपारायण, सामूहिक ब्रतबन्ध, ५१ सय दिव्य कलश पुजन, चारवेद अठार पुराणको वाचन, ११ हजार बढी बालिकाको कन्या पुजन, ११ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचाल चामलको पर्वत निर्माणलगायत कार्यक्रमहरु पनि नियमित रुपमा सञ्चालन हुने जनाइएको छ।

धार्मिक तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको मानव सेवा फाउण्डेसन नेपालद्धारा संचालनमा रहेको मामाघर अनाथालय आश्रम ललितपुरले ८३ जना आधारभुत आवश्यकताबाट वञ्चित अभिभावक विहिन अनाथ तथा अति विपन्न बालबालिकाको निःशुल्क रुपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्रदान गर्दै आइरहेको छ भने छोरीको घर ज्येष्ठ नागरिक आश्रम भक्तपुरले ९ जना वृद्धवृद्धाको स्याहारसुसार तथा पालनपोषण गर्दै आएको छ।

प्रकाशित मिति: ११:५५ बजे, सोमबार, असार १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्