निलम्बित मुख्यसचिव अर्याल योजना आयोगमा सरुवा, गड्तौलालाई निमित्तको जिम्मेवारी
राष्ट्रिय योजना आयोज सरुवा गरिएका अर्याललाई जगेडामा राखिएको छ भने उनकाे स्थानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव लिलादेवी गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको छ।
काठमाडौं, असार १० : सरकारले निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोजमा सुरुवा गरेको छ।
भ्रष्टाचार आरोपमा आइतबार विशेष अदालतमा मुद्दा दर्ता भएपछि उनी मुख्यसचिवबाट स्वतः निलम्बनमा परेका थिए। अन्तःशुल्क स्टिकर खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकले मुख्यसचिव अर्यालसहित १२ जनालाई प्रतिवादी बनाउँदै ३८ करोड, ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो माग दाबी गरेको छ।
राष्ट्रिय योजना आयोज सरुवा गरिएका अर्याललाई जगेडामा राखिएको छ। अब उनी मुद्दा किनारा नलाग्दासम्म निलम्बनमै रहने छन्।
यस्तै, सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव लिलादेवी गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको छ।
प्रकाशित मिति: ११:३४ बजे, सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












