पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस
गृह मन्त्रालयले रिक्त अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो ।
काठमाडौं, असार १० : प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले रिक्त अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो ।
आज बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गरेको हो । प्रहरी नियमावली, २०७१ ९संशोधनसहित०को नियम २७ को उप–नियम ९४० अनुसार सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: ०८:४८ बजे, सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












