Kathmandu Press

‘गृहमन्त्री कुरा धेरै गर्नुहुन्छ, काम उल्टो गर्नुहुन्छ’

‘गृहमन्त्री कुरा धेरै गर्नुहुन्छ, काम उल्टो गर्नुहुन्छ। उहाँले अहिलेसम्म जति पनि बोल्नुभएको फेहरिस्तलाई हामीले केलाउने हो भने कुनै पनि दिगो हुने कुरा, सत्य कुरा छैन,’ डा.महतले भने।
‘गृहमन्त्री कुरा धेरै गर्नुहुन्छ, काम उल्टो गर्नुहुन्छ’

काठमाडौं, असार ९ : कांग्रेस सांसद डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कुरा बढी, काम उल्टो गर्ने बताएका छन्।

आइतबार संसद् भवनबाहिर पत्रकारहरुसँग कुरकानी गर्ने उनले गृहमन्त्रीले अहिलेसम्म बोलेका कुनै कुरा दिगो र सत्य नभएको बताए। गृहमन्त्री हुनेबित्तिकै जिबी राईलाई आकाश, पातालबाट खोजेर ल्याउने भने पनि  अहिलेसम्म पक्राउ गर्न नसकेको उनले बताए।

Hardik ivf

‘गृहमन्त्री कुरा धेरै गर्नुहुन्छ, काम उल्टो गर्नुहुन्छ। उहाँले अहिलेसम्म जति पनि बोल्नुभएको फेहरिस्तलाई हामीले केलाउने हो भने कुनै पनि दिगो हुने कुरा, सत्य कुरा छैन,’ डा.महतले भने।

जिबी राईलाई पक्राउ गरेर अनुसन्धान गर्दा आफैं फस्न डरले गृहमन्त्रीले जिबीलाई पक्राउ गर्न तत्परता नदेखाएको उनले बताए।

प्रकाशित मिति: १९:४५ बजे, आइतबार, असार ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्