Kathmandu Press

मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु, ४ जनाको अवस्था गम्भीर

शनिबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेका ४५ बर्षीय दलबहादुर चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार थप उपचारका लागि भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो।
मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु, ४ जनाको अवस्था गम्भीर

मकवानपुर, असार ९ : मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७ दगुबाङमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ।

शनिबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेका ४५ बर्षीय दलबहादुर चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार थप उपचारका लागि भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो।

Hardik ivf

प्रहरीका अनुसार दयलबहादुरकै परिवारका अन्य ४ जना पनि गम्भीर बिरामी परेका छन्।  गम्भीर विरामी हुनेमा दलबहादुरकी श्रीमती जालीमाया, छोरीहरू रेञ्जु र सिवना तथा छोरा सुशील छन्।

उनीहरूको भरतपुर अस्मापतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:२८ बजे, आइतबार, असार ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्