२३ वर्षपछि रियल मड्रिड छाडेका नाचो साउदी क्लबमा
रियलकै एकेडेमीका उत्पादन नाचो फ्रि ट्रान्सफरमा रियल छाड्नै साउदी अरेबिया लागेका छन्। उनी साउदी प्रो लिग क्लब अल क्वादसियामा आबद्ध भएका छन्।काठमाडौं, असार ९ : स्पेनिस रियल मड्रिडका भेट्रान डिफेन्डर तथा कप्तान नाचो हर्नान्डेसले क्लब छाडेका छन्। ३४ वर्षीय स्पेनिस डिफेन्डर नाचोले २३ वर्षपछि रियल छाडेका हुन्।
रियलकै एकेडेमीका उत्पादन नाचो फ्रि ट्रान्सफरमा रियल छाड्नै साउदी अरेबिया लागेका छन्। उनी साउदी प्रो लिग क्लब अल क्वादसियामा आबद्ध भएका छन्।
२३ सिजिन रियलमा बिताउँदा उनले ३६४ खेल खेल्दै १६ गोल गरेका छन्। यस अवधिमा उनले ६ च्याम्पियन्स लिग, ५ फिफा क्लब विश्वकप र ४ ला लिगा गरी कुल २५ उपाधि जितेका छन्।
यो सिजन रियल छाड्ने उनी दोस्रो खेलाडी हुन्। यसअघि स्टार मिडफिल्डर टोनी क्रुसले फुबटलबाटै सन्न्यास घोषणा गरेका थिए।
प्रकाशित मिति: १८:५४ बजे, आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्भरमा समस्या आएपछि पाँच दिनदेखि प्रभावित भएको राहदानीको काम आंशिक सुचारूआइतबार, मंसिर ९, २०८१
ओमानका पूर्वकप्तान जिसन मक्सूद कर्णाली याक्समा अनुबन्धआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशनआइतबार, मंसिर ९, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१