Kathmandu Press

कोशी सरकार र गण्डकी सांसद देवकोटाको पदमुक्त विवाद सर्वोच्चमा ‘हेर्दाहेर्दै’

उक्त विवादमा गत जेठ ३१ गते यता रिट ‘हेर्दाहेर्दै’ मा रहेको छ। संविधानको धारा १६८ (५) अन्तर्गत बनेको सरकार अन्तिम विकल्प भएकाले अर्को सरकार गठन हुन नसक्ने दाबीसहित कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोचचमा रिट दायर गरेका हुन्।
कोशी सरकार र गण्डकी सांसद देवकोटाको पदमुक्त विवाद सर्वोच्चमा ‘हेर्दाहेर्दै’

काठमाडौं, असार ९ : कोसी प्रदेश सरकार गठन विवादमा सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आइतबार पनि सर्वोच्चको पूर्ण इजलासले ‘हेर्दाहेर्दै’ मा राखेको छ।

उक्त विवादमा गत जेठ ३१ गते यता रिट ‘हेर्दाहेर्दै’ मा रहेको छ। संविधानको धारा १६८ (५) अन्तर्गत बनेको सरकार अन्तिम विकल्प भएकाले अर्को सरकार गठन हुन नसक्ने दाबीसहित कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोचचमा रिट दायर गरेका हुन्।

Hardik ivf

बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको हो। सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुर अजिज मुसलमानको पूर्ण इलजासमा सुनुवाइ चलिरहेको छ।

यता, नेपाल समाजवादी पार्टीका नेता एवं गण्डकी प्रदेश सभाका पदमुक्त सांसद फणीन्द्र देवकोटाले आफुमाथि गरेको कारबाही खारेज गर्न दायर रिटको सुनुवाई पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ।

आइतबार बहस नसकिएपछि पुनः अर्को दिन सुनुवाई गर्नेगरी राखिएको हो। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा रिटमाथि सुनुवाई भएको थियो।

ह्वीप उल्लङघन गरी गण्डकीका मुख्य मन्त्री सुरेन्द्र पोण्डेलाई मतदान गरेको आरोपमा माओवादी केन्द्रले कारबाही गरेपछि कानुनी प्रश्न उठाउँदै देवकोटाले गत जेठ ६ गते रिट दायर गरेका हुन्।

प्रकाशित मिति: १८:१८ बजे, आइतबार, असार ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्