Kathmandu Press

खेलकुद संघहरूमा डरलाग्दो राजनीति खेल : मन्त्री श्रेष्ठ

आइतबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै संसदमा भन्दा डरलाग्दो राजनीति त्यहाँ हुने गरेको थाहा पाएको बताए।
खेलकुद संघहरूमा डरलाग्दो राजनीति खेल : मन्त्री श्रेष्ठ

काठमाडाैं असार ९ : युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषदमा खेलाडीको हकहितलाई भन्दा पनि त्यहाँ संघहरुबीचको राजनीति चाहिँ एकदमै डरलाग्दो हुने गरेको बताएका छन्।

आइतबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै संसदमा भन्दा डरलाग्दो राजनीति त्यहाँ हुने गरेको थाहा पाएको बताए।

मन्त्री भएपछि पुराना विवादहरु समाधान गरेर बस्नुपरेको केही तितो अनुभव रहेको दुःखेसो पोखे।

‘२०४७ साल देखिका विवादहरु समाधान गरेर बस्नु परेको छ तर, तपाईंहरुजस्तो विद्वान र अनुभव भएको माननीयज्यूहरुले सुझाव दिनुभयो भने आशा गरौं अरु हामीले यसलाई छिट्टै नै समाधान गर्न सक्छौं,’ उनले भने।

प्रकाशित मिति: १८:०४ बजे, आइतबार, असार ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्