खराब ऋण उठाउन छुट्टै कम्पनी सञ्चालन गर्न ऐन बनाउँदै राष्ट्र बैंक
खराब कर्जा उठाउन नयाँ कम्पनी आवश्यक पर्ने भएकाले त्यसका लागि ऐनको ड्राफ्ट भइरहेको गभर्नर महाप्रसाद अधिकारीले बताए।
काठमाडौं, असार ९ : खराब कर्जा उठाउन नेपाल राष्ट्र बैंकले छुट्टै कम्पनी सञ्चलनको तयारी गरेको छ। कम्पनी सञ्चालनका लागि राष्ट्र बैंक अहिले ऐन बनाउने तयारीमा जुटेको छ।
खराब कर्जा उठाउन नयाँ कम्पनी आवश्यक पर्ने भएकाले त्यसका लागि ऐनको ड्राफ्ट भइरहेको गभर्नर महाप्रसाद अधिकारीले बताए।
कम्पनी ऐनले स्थापना भएको कम्पनीले यो काम गर्न सहज नहुने भन्दै यसका लागि विशेष किसिमको ऐनको आवश्यकता महसुस गरिएको उनले बताए। तर, यसको मोडालिटी कस्तो हुने भन्ने विषयमा थप छलफल गर्ने उनको भनाई छ।
प्रकाशित मिति: १७:२० बजे, आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-ink-1744291933.jpeg)
